कभर स्टोरी भिडियो

'उजुरी आए एउटै गाडीमा १० लाख नाफा खानेहरुविरुद्ध हामी मुद्दामा जान्छौं' (भिडियोसहित)

'उजुरी आए एउटै गाडीमा १० लाख नाफा खानेहरुविरुद्ध हामी मुद्दामा जान्छौं' (भिडियोसहित)

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले मन्त्री वा सरकारकै कारण अटो बिक्रेताहरुले उपभोक्ता लुटिरहेको बताएका छन् । उनले मन्त्रीहरुको व्यवहार लुटेरामैत्री रहेको दावी गरेका छन् । खुलेआम लुट भइरहँदा पनि मन्त्रीहरु नबोल्ने, सरकारले वास्ता नगर्ने देखिएको उनले दावी गरेका छन् । 

 

 

अनुगमन पठाउँदा कर्मचारीहरु जान्छन् तर ढोकाबाट अनुगमनकर्तालाई मन्त्री मातृका यादवले फर्काउने गरेका छन् । एउटा किराना पसलमा अनुगमन गर्न पनि मातृका यादवको अनुमति चाहिने अवस्था छ । 

 

तरकारीमा पाँच तहका बिचौलीया छन् । दुई वटा तहले त बसीबसी फोनमा कुरा गरेर तर मार्छ । किसानले ३० रुपैयाँ बेचेको काउली काठमाडौं आउँदा सय बढी पुग्छ । कालीमाटीमा एउटा ब्लकलाई बिचौलीयाले चार जनालाई बेच्ने गर्छ । आठ हजार सरकारलाई दिएर चार कुना अर्कोलाई बेचेर नाफा खान्छ । 

 

त्यो कुरा कृषिमन्त्रीलाई पनि थाहा छ । त्यो थाहा पाएर कृषिमन्त्री पनि आश्चर्यमा पर्नुभयो । तरकारीमा ब्रम्हलुट छ । हामीले त्यो लुट नियन्त्रण गर्न हामीले सुझाव दिएका छौं । सरकारले के गर्छ भन्न सक्दैनौं । 

 

अटो, शिक्षा, स्वास्थ्य, तरकारीमा अत्याधिक लुट छ । यी लुटका सबै फाइल उद्योगमन्त्रालयमा छन् । ति फाइल मन्त्रालयबाट बाहिर निस्किँदैनन् । पहिले यसरी लुट्नेहरुविरुद्ध प्रहरीले अनुसन्धान गर्न सक्दैन थियो । अब नयाँ कानुनअनुुसार प्रहरीले लुट गर्ने व्यापारीविरुद्ध मुद्धा दर्ता गर्न सक्छ । 

 

मन्त्रीहरुको शैलीले आश्चर्यमा पारेको छ । तर सधै यस्ता मन्त्री हुँदैनन् । कुनै दिन त वास्तविक नेपाली नागरिक मन्त्री भएर आउला । उसले सुशासनको प्रत्याभूति देला । 

 

बानियाँ भन्छन्, ‘अब अटोविरुद्ध हामी पनि आक्रामक भएरअगाडि जान सक्छौं । तर सरकारअगाडि बढे हामीलाई सजिलो हुन्छ । हामी आफै अगाडि बढ्दा सरकारले साथ नदिन सक्छ । त्यो विषय अदालतसम्म पुग्दा नजिर नराम्रो बस्न पनि सक्ला कि भन्ने डर पनि हुन्छ । एक पटक ठगहरुको पक्षमा फैसला भयो भने त्यही नजिर बस्छ । सधै ठगहरुकै राज चल्ने अवस्था आउँछ ।आजसम्म व्यापारी र मन्त्रीबीच भेट छुट्टयाउन सकिएको छैन । छुट्टयाउन सकिएको छैन ।’ 

ज्याेति बानियाँ मातृका यादव ठग व्यापारी

विशेष