मुख्य समाचार

म्यादी प्रहरी हत्याको आरोपमा फेरी प्रकाण्डलार्इ दाङ ल्याइदै

म्यादी प्रहरी हत्याको आरोपमा फेरी प्रकाण्डलार्इ दाङ ल्याइदै

दाङ । नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप लागेको छ। 

 

नेपाली कांग्रेसको चुनावीसभालाई लक्षित गरी मंसिर १२ गते दाङको तुलसीपुरमा गराइएको बम विस्फोटमा परी तुलसीपुर उपमहानगरपालिका १८ क्वाङी निवासी २३ वर्षका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गएपछि विश्कर्माविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

 

‘प्रहरीको प्रतिवेदनमा विश्वकर्माले म्यादी प्रहरीको हत्या गरेको उल्लेख छ,’ प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘उनका विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा भएकाले दाङमा ल्याउन लागिएको हो।’ घटना तुलसीपुरमै भएकाले विश्वकर्मालाई तुलसीपुर प्रहरीले दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराउने भएको छ।

 

प्रहरीका अनुसार विश्वकर्मामाथि लगाएको यो सबैभन्दा ठूलो मुद्दा हो। विश्वकर्मामाथि लागेको आरोपको सबै प्रमाण इलाका प्रहरी कार्यालयले कार्यालय तुलसीपुरले जुटाउनेछ। विनोद चौधरीको हत्या आरोपमा प्रहरीको प्रतिवेदनमा फरार सूचीमा परेका विश्वकर्मालाई साउन २३ गते काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो।

खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ हत्या आरोप

विशेष