मुख्य समाचार

चरा ठोक्किएपछि क्वालालम्पुरबाट अाएकाे ३२० एयरबस ग्राउन्डेड

चरा ठोक्किएपछि क्वालालम्पुरबाट अाएकाे ३२० एयरबस ग्राउन्डेड

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको ३२० एयरबसमा चरा ठोक्किएपछि जहाज ग्राउन्डेड भएको छ।

 

मलेसियाकाे क्वालालम्पुरबाट काठमाडौं आएको जहाजमा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको नेवानिका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए।

 

उनका अनुसार जहाज मर्मत कार्य भइरहेको छ। जहाज एक दुई दिनमै नियमित उडानमा फर्कने छ ।

 

चरासँग ठोक्किएको जहाजको पखेटामा सामान्य क्षति पुगको उनले जानकारी दिए। कुनै पनि प्रकारको जहाजमा प्राविधिक क्षति पुगेको अवस्थामा जहाज निर्माता कम्पनीले दिने 'म्यानुफ्याक्चर मेन्टिनेन्स म्यानुअल'का आधारमा मात्रै मर्मत गर्नुपर्ने हुँदा केही ढिला भएको उनको दाबी छ।

निगमको जहाजको बीमा गरिएको हुनाले यसबाट निगमलाई कुनै घाटा नबेहाेर्नुपर्ने निगमकाे भनार्इ छ।

नेपाल एयरलाइन्स ३२० एयरबस

विशेष