मुख्य समाचार

कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन- हाँसी खुसी जिम्मेवारी निर्वाह गर्नुहोस्

कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन- हाँसी खुसी जिम्मेवारी निर्वाह गर्नुहोस्


काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीले हाँसी खुसी जिम्मेवारी वहन गर्न नसके देश र जनताका लागि ठूलो धोका हुने बताएका छन् ।

 

निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले भने, ‘देशको सेवा गर्छु भनेर कसम खाएका कर्मचारीले हाँसी खुशी देश र जनताको सेवा गर्नुपर्छ । र खटाएको ठाउँमा जान्न भन्ने प्रबृत्ति खराब हो ।’

 

मन्त्री पण्डितले कर्माचारी समायोजनका क्रममा सेवा सुबिधा कम भयो, म जान्न भन्ने कुरा नगर्न कर्मचारीहरूलार्इ अग्रह गरे । उनले भने, ‘सजिलो काम अरुलाई दिने रे अरु भनेको को ? यति सेवा सुबिधामा म त्यहाँ जान्छु त ? यस्ता कुरा गर्न भएन । मुलुक जति समृद्ध भयो त्यति नै बढी सेवा सुबिधा पाइन्छ ।’

 

मुलुक संघीयतामा गएकोले कर्मचारीमा पनि जिम्मेवारी थपिएको भन्दै मन्त्री पण्डितले ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउन कट्टिबद्ध भएर लाग्न कमर्चारीलार्इ निर्देशन दिए ।

 

उनले अहिले केही कर्मचारी कम भएको तर, भएकैबाट अपेक्षित परिणाम आउन नसकेको बताए । कर्मचारीले परिमाणमुखी काम गर्नेगरी जिम्मेवारी बहन गर्नुको विकल्प नभएको मन्त्री पण्डितको भनाइ छ ।

मन्त्री लालबाबु पण्डित निजामति सेवा दिवस

विशेष