मुख्य समाचार

हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एकजना गम्भीर घाइते

हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एकजना गम्भीर घाइते

काठमाडौं । गोरखाबाट यात्रुसहित काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको म्यागङ गाउँपालिका बसुन्चेतको मैलुङ पाखामा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

 

हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको र १ जना महिलाको गम्भीर अवस्थामा उद्दार गरिएको नुवाकोटका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । 

 

उनले आफू घटनास्थलमा पुग्न अझै समय लाग्ने तर स्थानीय प्रहरीसँगको सम्पर्कका क्रममा ५ जनाको ज्यान गएको पुष्टी भएको जानकारी दिए । दुर्घटनामा एक नेपाली महिला गम्भीर घाइते भएको पनि उनले बताए। हेलिकप्टरमा एक जना जापानी नागरिकसहित ७ जना सवार थिए । 

हेलिकप्टर गोरखा म्यागङ गाउँपालिका

विशेष