मुख्य समाचार

बंगलादेशविरुद्ध खेल्ने नेपालका ११ खेलाडी यी हुन्, बिराज र नवयुग आज पनि बेञ्चमा !

साफ च्याम्पियनशिप

बंगलादेशविरुद्ध खेल्ने नेपालका ११ खेलाडी यी हुन्, बिराज र नवयुग आज पनि बेञ्चमा !

काठमाडौं, भदौ २३ । साफ च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले घरेलु टोली बंगलादेशविरुद्ध खेल्दै छ । सेमिफाइनल प्रवेशका लागि निर्णायक मानिएको यो खेल ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा शनिबारसाँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।

 

 

नेपालले आज खेल्ने टोलीको सुरुआती ११ खेलाडी सार्वजनिक गरेको छ । प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको खेलमा भन्दा एक खेलाडी मात्र परिवर्तन गरेका छन् । उनले मिडफिल्डर विशाल राईको स्थानमा भरत खवासलाई सरुआती ११ मा राखेका छन् । 

 

 

त्यस्तै अञ्जन विष्टको स्थानमा निराजन खड्का सुरुआती सेटमा परेका छन् । भुटानविरुद्धको खेलमा यी दुवैले सब्स्टिच्युट खेलाडीका रुपमा आएर प्रभावशाली प्रदर्शन गरेका थिए ।

 

 

टोलीका नियमित कप्तान बिराज महर्जन र अनुभवी स्ट्राइकर नवयुग श्रेष्ठलाई आज पनि बेञ्चमा राखिएको छ । पाकिस्तानबिरुद्धको पहिलो खेलमा भने यी दुईले प्लेइङ सेटमा रहेर खेलेका थिए । टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् ।

 

 

बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीमा किरण चेम्जोङ, गोलरक्षक (कप्तान), दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, आदित्य चौधरी सुजल श्रेष्ठ, रोहित चन्द, निराजन खड्का, सुनील बल, बिमल घर्तीमगर र भरत खवास रहेका छन् ।

साफ च्याम्पियनशिप नेपालका ११ खेलाडी

विशेष