मनोरञ्जन

कुनै समय ‘बी’ र ‘सी’ ग्रेडका फिल्ममा गीत गाउँथिन् आशा

कुनै समय ‘बी’ र ‘सी’ ग्रेडका फिल्ममा गीत गाउँथिन् आशा

नयाँ दिल्ली । बलिउडकी चर्चित गायिका आशा भोसले आज ८५ वर्ष पुगेकी छन् । उनी ८ सेप्टेम्बर, १९३३ मा सांगली, महाराष्ट्रमा जन्मिएकी हुन् । भोसलेको बुबाको मृत्युपछि परिवारको सबै जिम्मेवारी उनकी दिदी लता मांगेशकरमाथि थपिएको थियो । दिदीलाई साथ दिनकै लागि आशाले पनि गीत गाउन थालिन् । सुरुवाती दिनहरुमा आशा ‘बी’ र ‘सी’ ग्रेडका फिल्महरुमा गीत गाउँथिन् । आशाले अहिलेसम्म २० हजार भन्दा बढि गीतहरुमा आवाज दिइसकेकी छन् । २० वटा भाषाको एक हजार भन्दा बढि गीतहरुमा उनको आवाज गुञ्जिन्छ । 

 

आशाले सबैधन्दा पहिला सन् १९४३ मा मराठी फिल्म ‘माझा बल’ मा गीत गाएकी थिइन् । उनले गणपत राओसँग भागेर विवाह गरेपछि लता उनीसँग धेरै रिसाइन् । जसकारण उनी आशाको विरोधी पनि बनिन् । दुवैको यस घटनालाई लिएर फिल्म ‘साज’ पनि बन्यो । तर यो फिल्मलाई आशाले समयको बर्बादीको संज्ञा दिइन् । 

 

आशा र गणपतको वैवाहिक जीवन टिकाउ रहन सकेन । सन् १९६० मा गणपतले आशा र उनका छोराछारीलाई घरबाट निकालिदिए । त्यसपछि सन् १९८० मा उनले आपूm भन्दा ६ ववर्ष कान्छा आरडी बर्मनसँग विवाह गरिन् ।   
 

आशा भोसले

विशेष