मुख्य समाचार

हेलिकोप्टर दुर्घटनाः ६ को मृत्यु, १ जनाको जीवितै उद्धार

अल्टिच्युड एअर

हेलिकोप्टर  दुर्घटनाः ६ को मृत्यु, १ जनाको जीवितै उद्धार

नुवाकोट । जिल्लाको म्यागङ गाउँपालिका-१, मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अल्टिच्युड एअरको हेलिकोप्टरमा सवार ६ जनाको मृत्यु भएको र १ जना घाइतेको जीवितै उद्धार गरिएको छ ।

 

गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको कल साइन ९ एन-ए-एल-एस को अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले बताए । 

 

घटनास्थलमा ६ जनाको शव भेटिएको छ भने डोल्मा डिकीलाई अचेत अवस्थामा उद्धार गरिएको कुँवरले बताए । भेटिएका शवको पहिचान भने हुन नसकेको उनको भनाइ छ । घटनास्थलमा भेटिएको शवलाइ काठमाडौं लैजाने तयारी भइरहेको कुँवरले जानकारी दिए । 

 

हेलिकप्टरमा क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा  शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका-२ ल्होकी गामी डोल्मा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको अल्टिच्युड एयरलाइन्सले जानकारी दिएको छ । 

 

गोरखाको सामागाउँबाट शनिबार बिहान ६ः५७ मा उडेको हेलिकोप्टर केही बेरमा सम्पर्कविहीन भएको थियो । काठमाडौंबाट पर्यटक लिएर शनिबार बिहान गोरखाको सामागाउँ पुगेको हेलिकप्टरले पर्यटक छाडेर त्यहाँबाट क्याप्टेनसहित ७ जना यात्रु लिएर काठमाडौंका लागि उडेको एयरलाइन्सले जनाएको द्ध ।

नुवाकोट म्यागङ गाउँपालिका-१ गोरखाको सामागाउँ हेलिकप्टर दुर्घटनाग्रस्त

विशेष