मुख्य समाचार

हेलिकाेप्टर दुर्घटनामा घाइते आनीलाई काठमाडौं ल्याइयो

हेलिकाेप्टर दुर्घटनामा घाइते आनीलाई काठमाडौं ल्याइयो

काठमाडौं । शनिबार गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल यात्रु आनी डोल्मालाई काठमाडौं ल्याइएको छ । 

 

दुर्घटनामा बाँच्न सफल एकमात्र यात्रु डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । प्रतिकूल मौसमका कारण शवहरु भने काठमाडौँ ल्याउन नसकिएको उनले जानकारी दिए । 

 

 

दुर्घटनामा चालकसहित सात जना रहेकोमा डोल्माबाहेक छ जनाको मृत्यु भइसकेको छ । शनिबारबिहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर शनिबार नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको थियो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेको प्रहरी चौकी सामा गाउँ गोरखाले जनाएको छ ।

 

प्रहरीका अनुसार हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु ९राहदानी नम्बर टिके ७१३६१२०६८०, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका-२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका-१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार थिए ।

हेलिकाेप्टर दुर्घटना अल्टिच्यूड एयरको हेलिकप्टर डोल्मा

विशेष