मुख्य समाचार

बंगलादेशलाई २ गोलले हराउँदै नेपाल सेमिफाइनलमा

साफ च्याम्पियनसिप

बंगलादेशलाई २ गोलले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडाै‌ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा बंगलादेशलाई २-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ। 

 

खेलको ३३औं मिनेटमा बिमल घर्तिमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने ९० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे। यसअघि मैदानको मध्यभागबाट विमलले प्रहार गरेको फ्रिकिकमा विमलको दर्शनीय गोल गर्दै अग्रता दिलाए।

 

विमलको प्रहारलाई बंगलादेशका गोलरक्षक सहिदुल अलामले राम्रो सँग ठम्याउन नसक्दा घरेलु टोली मध्यान्तर अघिनै १-० ले पछि परेको छ। यसअघि समूह चरणको दोस्रो अन्तिम खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएसँगै नेपालले बंगलादेशलाई जित्नैपर्ने दबाब छ। पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूहका समूहका तीनै खेल हारेपछि भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

 

नेपाललाई सेमिफाइनल पुग्न जितको बिकल्प छैन। हार वा बराबरीले नेपाल प्रतियोगिताबाट बाहरिनेछ, त्यो अवस्थामा बंगलादेश र पाकिस्तान सेमिफाइनलमा पुग्नेछन् ।

 

नेपालले अबको खेल जितेमा नेपाल, बंगलादेश र पाकिस्तानमध्ये गोलअन्तरका आधारमा २ टोली सेमिफाइनल पुग्नेछन् । यद्यपी तीनै टोलीको समान ६ अंक भएमा भुटानविरुद्धको खेलको गोलअन्तर गणना हुने छैन। यस्तो अवस्थामा पनि नेपाल दोस्रो चरण पुग्ने सम्भावना रहनेछ।

साफ च्याम्पियनसिप

विशेष