नाइ नभन्नु ल ५ तेस्रो हप्ता प्रवेश
काठमाडौं । व्यवसायिक सफलता हासिल गरिरहेको ‘नाइ नभन्नु ल ५’ आजबाट तेस्रो हप्तामा प्रवेश गरेको छ । दर्शकलाई रुवाउन सक्ने निर्देशकका छवी बनाएका विकास राज आचार्यद्धारा निर्देशित ‘नाइ नभन्नु ल ५’ दर्शकले मन पराइदिएकोमा गदगद छन् ।
‘नाइ नभन्नु ल’ सिरिज बनाउदै आएका आचार्य यस फिल्ममा पनि बालबालिकाहरूको प्रेमलाई देखाउन खोजेका छन् । नयाँ पुराना गरी जम्बो कलाकारको उपस्थित रहेको नाइ नभन्न ल ५ मा अनुभव रेग्मी र सेडरिना शर्माको प्रेमकथालाई विशेष आकर्षणको रूपमा देख्न सकिन्छ ।
पछिल्लो समय बनेका फिल्महरू हप्ता दिनपनि अडिन नसकेको अवस्थामा तेस्रो हप्तासम्म पुग्नु दर्शकले मन पराइएको फिल्म हो भन्ने ठहर निर्माण पक्षको रहेको छ ।
फिल्मलाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । निरुता सिंह, दिलिप रायमाझी, केकी अधिकारी, स्वास्तिका खड्का, प्रियंका कार्की अभिषेक नेपाल लगायत कलाकारको अभिनय रहेको छ ।