मनोरञ्जन

जब एक कार्यक्रम प्रस्ताेताले शाहरुख र करणबीच अनौठो सम्बन्ध रहेको बताए

जब एक कार्यक्रम प्रस्ताेताले शाहरुख र करणबीच अनौठो सम्बन्ध रहेको बताए

नयाँ दिल्ली । बलिउड निर्माता तथा निर्देशक करण जोहर आफ्नो ‘सेक्सुअल ओरिएन्टेसन’ (लैंंगिक वास्ताविकता) लाई लिएर कहिल्यै केही बोल्दैनन् । तर समलैंगिकताबारे भारतको सुप्रिम कोर्टले फैसाला सुनाएपछि यसलाई स्वागत गर्ने मानिसहरुमा उनी सबभन्दा अगाडि थिए ।

 

समलिंगीबारे करण जोहरले पछिल्लो वर्ष आफ्नो आत्मकथा ‘एन अनसुइटेबल बोय’ मा बताएका थिए । उक्त किताबमा करणले देशमा भएको समलिंगीबारे भएको पुरातन दृष्टिकोणले आफूलाई धेरै दुःख भएको बताएका छन् । त्यसकारण चाहेर पनि आफूले कहिल्यै यसबारे खुलेर कुरा गर्न नसकेको उनको दुखेसो छ । 

 

किताबको एक अंशमा उनले शाहरुख खानसँगको सम्बन्धबारे पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘मेरो र शाहरुखको सम्बन्ध वर्षौ देखि रहेको छ । यसबारे फैलिएका नकारात्मक भ्रम र अपवाहबारे मलाई चिन्ता छ । म एकदिन एउटा कार्यक्रममा पुगेको थिएँ । मलाई त्यहाँ शाहरुखको बारेमा सोधियो । अन्तर्वार्ता लिनेले भन्यो, तपाईहरुको अनौठो सम्बन्ध छ ।कार्यक्रम प्रस्तोताले यसरी सोध्यो, त्यो प्रश्न सुनेर नै मलाई एकदम रिस उठिसकेको थियो । मैले भने, यदि म भनौ की तपाईलाई आफ्नो भाइसँग सुत्दा कस्तो लाग्छ ? उसले भन्यो, तपाईलाई यसबारे के मतलब? मैले त्यसपछि भने, त्यसोभए तपाई मलाई यो प्रश्न कसरी सोध्न सक्नुहुन्छ ?’

 

करणले त्यसपछि आफू अब यी सबै कुराहरुलाई गम्भीरतापूर्वक नलिने बताएका छन् । शाहरुखलाई आफ्नो पिता र ठूलो दाइसरह मान्छन् उनी । यदि कसैको ‘एक्स्ट्रा मेरिटल अफेयर’ छैन भने मानिसहरु उसलाई ‘गे’ मान्ने गरेको उनले बताए । 
 

शाहरुख र करण

विशेष