स्वास्थ्य

जिल्ला अस्पतालमा २० मध्ये ११ दरबन्दी रिक्तै 

जिल्ला अस्पतालमा २० मध्ये ११ दरबन्दी रिक्तै 

दाङ । दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली छन् । अस्पतालको २० वटा विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये ११ वटा दरबन्दी रिक्त रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जनार्दन पन्थीले बताए । 

 

अठार जनाको मेडिकल अधिकृतको दरबन्दीमध्ये १२ को दरबन्दी रिक्त छ । छ जना दरबन्दी पूर्ति भएको राप्ती उपक्षेत्रीय अस्पतालमा अहिले दुई जनामात्रै कार्यरत छन् भने त्यसमध्ये चार जना बाहिरै रहेको निमित्त मेसु डा.पन्थीले जानकारी दिए । 

 

अस्पतालमा न्युरोलोजिष्ट, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, न्युरोसर्जन, डेन्टल सर्जन, प्याथोलोजिष्ट, मानसिक रोज विशेषज्ञ, मुटुरोग विशेषज्ञ, नेफ्रोलोजिष्ट, न्युरोसर्जन अस्पतालमा छैनन् । यस्तै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, मेडिकल जनरलिष्ट, नवौँ र दशाँै तहको वरिष्ठ नर्सिङ प्रशासक, आठौँ तहको डेण्टल सर्जन, साताँै र आठौँ तहको मेडिकल टेक्नोलोजिष्ट र सातौँ र आठौँ तहको फार्मेसी अधिकृतको दरबन्दीसमेत रिक्त छ । 

 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि बढेको उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावकारी सेवा दिन नसकिएको अस्पतालका निमित्तप्रमुख डा.पन्थीले बताए । उपक्षेत्रीयतहको अस्पतालले सामान्य उपचारसमेत गर्न सकेको छैन भने आइसियु एनआइसियु प्रविधि कर्मचारीकै अभावका कारण कोठामा थन्काएर राख्नु परेको अस्पतालले बताएको छ ।  
 

राप्ती उपक्षेत्रीय अस्पताल विशेषज्ञ चिकित्सक मेडिकल अधिकृत दरबन्दी खाली

विशेष