मुख्य समाचार

दुर्घटनाग्रस्त हेलिकप्टरमा ७ यात्रु, अवस्थाबारे अझै पत्तो लागेन (नामसहित)

दुर्घटनाग्रस्त हेलिकप्टरमा ७ यात्रु, अवस्थाबारे अझै पत्तो लागेन (नामसहित)

गोरखा । दुर्घटनाग्रस्त भएको भनिएको अल्टिच्युड एयरको हेलिकप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु रहेको प्रहरीले पुष्टि गरेको छ । मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कँदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको सामागाउँ प्रहरी चौकी गोरखाले पुष्टि गरेको हो । 

 

सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको त्यो हेलिकप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र म्यागङमा दुर्घटनामा परेको अपुष्ट खबर रहेको सामागाउँ प्रहरी चौकीका प्रहरी जवान नारायण न्यौपानेले जानकारी दिए । 

 

हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी र छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थललाई उद्धृत गर्दै सामागाउँ प्रहरी चौकीले जनाएको छ । हेलिकप्टरमा रहेका सबै यात्रुको अवस्थाका बारेमा जानकारी आएको छैन ।

गोरखा हेलिकप्टर दुर्घटना

विशेष