मुख्य समाचार

दर खान जाँदा बेगनासतालमा डुंगा पल्टियो, एकको मृत्यु पाँचजना बेपत्ता

दर खान जाँदा बेगनासतालमा डुंगा पल्टियो, एकको मृत्यु पाँचजना बेपत्ता

कास्की । जिल्लाको प्रशिद्ध बेगनासतालमा डुङ्गा पल्टिदा एक जनाको ज्यान गएको छ । डुङ्गा दुर्घटनामा परी थप ३ जना घाइते भएका छन् भने अन्य ५ जना बेपत्ता रहेका छन् । 

 

शनिबार दिउँसो बेगनासताल पारी एक स्थानीयको घरमा दर खाने कार्यक्रममा जाने क्रममा ९ जना सवार डुङ्गा पल्टिएको हो । डुङ्गा दुर्घटनामा परी नाम नखुलेका एक जना महिलाको बेगनासतालमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

 

तीनजना घाइतेको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको र अन्य ५ जनाको खोजी कार्य जारी रहेको छ । दुर्घटनामा परेकाहरुको पहिचान खुलेको छैन । घटनास्थलमा अहिले प्रहरी र स्थानीयले बेपत्ताहरुको खोजी गरिरहेका छन् । 

कास्की डुङ्गा दुर्घटना बेगनासताल

विशेष