खेल

चितवन टाइगर्सले भित्र्यायो इग्ल्याण्ड र न्यजिल्याण्डका खेलाडी

एभरेष्ट प्रिमियर लिग

चितवन टाइगर्सले भित्र्यायो इग्ल्याण्ड र न्यजिल्याण्डका खेलाडी

चितवन । चितवन टाइगर्सले आगामी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताका लागि आफ्नो टिममा २ विदेशी खेलाडी ल्याएको छ। दोस्रो संस्करणको ईपीएल नोभेम्बरको तेस्रो सातादेखि काठमाडौंमा हुँदैछ।

 

 

इंग्ल्यान्डका युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई चितवन टाइगर्सले भित्र्याएको हो। इंग्ल्यान्ड यू–१९ टोलीका पूर्व कप्तान १८ वर्षे होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका २८ वर्षे फुलर बलिङ अलराउन्डर हुन्।

 

 

मिडल्सेक्सबाटै काउन्टी क्रिकेट खेल्दै आएका होल्डेनको ट्वान्टी–२० मा स्ट्राइक रेट १ सय ३७ माथि छ। ४४ प्रथम श्रेणीको म्याच खेलिसकेका फुलरले ट्वान्टी–२० मा ७६ म्याच खेल्नेक्रममा झन्डै १ सय ५० को स्ट्राइक रेटमा रन बनाउनुका साथै ९४ विकेट लिएका छन्।

 

 

टिमलाई राम्रो बनाउन राम्रै खेलाडी लिने प्रयासमा दुई प्रतिभाशाली इंग्लिस खेलाडी लिएको क्लबले बताएको छ। यसले टिमलाई नया ऊर्जा दिने भन्दै तेस्रो विदेशी खेलाडीको पनि छिट्टै टुंगो लगाउने क्लबले जनाएको छ।

 

 

दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा पृथु बास्कोटा, अनिल मण्डल, दीलिप नाथ, सन्दीप सुनार,  भिम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम लगायत खेलाडी छन्।

एभरेष्ट प्रिमियर लिग ईपीएल म्याक्स होल्डेन जेम्स फुलर

विशेष