मुख्य समाचार

पार्टीभित्रका महाराजा नहटेसम्म बिपीको सपना साकार हुन्नः नेता यादव

पार्टीभित्रका महाराजा नहटेसम्म बिपीको सपना साकार हुन्नः नेता यादव

बारा । नेपाली कांग्रेस पूर्वसांसद रामअयोध्याप्रसाद यादवले कांग्रेसभित्रका राजा महाराजालाई नेतृत्वबाट नहटाएसम्म बिपीको सपना साकार नहुने बताएका छन् । 

 

 

१०५औँ बिपी जयन्तीको अवसरमा आइतबार आयोजित ‘वर्तमान सन्र्दभमा बिपीको विचारको सान्र्दभिकता’ विषयक गोष्ठीमा नेता यादवले पार्टीमा अहिले पनि तानशाह, नातावाद, कृपावाद र परिवारवाद हावी रहेको हुँदा पार्टी झुपडीमा बस्नेका लागि पनि बनाउनुपर्ने आवश्यकता रहेको बताए । 

 

 

महामानव बिपीको विचार र आदर्शलाई काङ्ग्रेसले बिर्सेको भन्दै बिपीले बोकेको सपनालाई साकार गर्नका लागि सबै एकजुट भएर बिपीको मार्गदर्शनमा लाग्नुपर्ने उनको जोड थियो । 

 

त्यसैगरी केन्द्रीय सदस्य राधेचन्द्र यादवले नेपाली कांग्रेस बिपीको सिद्धान्त र विचारमा नहिँडेका कारण देशभरी पराजय भोग्नुपरेको बताए । काङ्ग्रेस बाराले बिपी स्मृति दिवशको अवसरमा आयोजना गरेको सरसफाइ तथा अमृता अनाथलका बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रममा यादवले विगतलाई बिर्सेर आजकै मितिदेखि बिपीको विचार, आदर्शलाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरे ।

 

 

पूर्वसांसद रामअयोध्याप्रसाद यादवले अहिलेको सरकार २ तिहाइको दम्भ देखाएर लोकतन्त्रलाई सखाप पार्न खोजेको आरोप लगाए । 

बारा बिपी जयन्ती रामअयोध्याप्रसाद यादव

विशेष