मुख्य समाचार

नेपालकै सुन्दर र उत्कृष्ट भ्यु टावर लिम्चुङबुङमा, सगरमाथा लगायत विभिन्न हिमालहरु आँखै अगाडी

नेपालकै सुन्दर र उत्कृष्ट भ्यु टावर लिम्चुङबुङमा, सगरमाथा लगायत विभिन्न हिमालहरु आँखै अगाडी

सिमसन राई, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा नेपालकै सुन्दर र उत्कृष्ट भ्यु टावर निर्माण हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर लिम्चुङबुङलाई पर्यटकीय क्षेत्र बनाउन पालिकाले एभरेष्ट भ्यु टावर निर्माण गर्न लागेको हो । 

 

गाउँपालिकाको दोबाटे डाँडामा निर्माण हुने ७२ फिट अग्लो टावरको डिजाई भईसकेको छ भने थ्रिडी भिडियो समेत तयारी भएको छ । उक्त टावरबाट पुर्वी नेपालमा रहेको सगरमाथा लगायत विभिन्न हिमालहरु आँखै आगाडी एक साथ देख्न सकिने छ ।

  सगरमाथा, नुम्बुर, महालंगुर, गौरीशंकर, जुगल लगायत ८ वटा भन्दा धेरै हिमालको अवलोकन गर्न सकिन्छ । टावरको टुप्पोमा किराती सभ्यता झल्काउने चिन्डो वाबु राखिएको छ । यस्तै लिम्चुङबुङ पार्क, चिल्ड्रेन पार्क, रिसोर्ट र पर्यटक सूचना केन्द्र, तथा होमस्टे सञ्चालन गरिने गाँउपालिकाका अध्यक्ष मेजर राई ‘मिजास किराती’ले बताए । 

 

उक्त टावरबाट एकै साथ ५० जना भन्दा बढीले चारै दिशाको मनोरम दृष्य अवलोकन गर्न पाउने छन् । जम्मा यसको लागत भने १० करोड रुपैयाँ भन्दा माथिको अनुमान गरिएको छ ।

उदयपुर एभरेष्ट भ्यु टावर

विशेष