मुख्य समाचार

ट्राफिक व्यवस्थापन चुस्त बनाअाैं: खनाल

ट्राफिक व्यवस्थापन चुस्त बनाअाैं: खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको आइतबार बिहान अनुगमनका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गरे। खनालले हरेक व्यक्तिकाे ध्यान ट्राफिक प्रहरीमा हुने हुनाले अाफ्नाे बाेली र अाचरण राम्राे बनाउनुपर्नेमा समेत जाेड दिए। 

 

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख र काठमाडौं उपत्यकामा ८ लाख सवारी साधन आवातजावत गर्दछन्।

 

सवारी चाप घटाएर यातायात आवागमनलाई सहज तुल्याउँदै जनताको इच्छा आकांक्षाअनुुसार चल्न ट्राफिकलाई आग्रह गरे। खनाल प्रहरी महानिरीक्षक हुनुभन्दा पहिला महाशाखाको प्रमुखका रूपमा कार्यरत थिए।

 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे अवगत गराएका थिए। 

सर्वेन्द्र खनाल यातायात व्यवस्था विभाग ट्राफिक व्यवस्थापन

विशेष