मुख्य समाचार

थापा बने ४३ औं प्रधानसेनापति, राष्ट्रपतिद्वारा महारथीको दज्र्यानी चिन्ह 

थापा बने ४३ औं प्रधानसेनापति, राष्ट्रपतिद्वारा महारथीको दज्र्यानी चिन्ह 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् ।


राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपतिसमेत हुन् । राष्ट्रपति भवन शितलनिवासमा आइतबार आयोजित विशेष समारोहमा उनले राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराए ।

 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित थिए ।  

 

मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो । 

 

सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गर्नुभयो ।

 

विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिनुभएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए । 
 

राष्ट्रपति विद्यादेवी भण्डारी दज्र्यानी चिन्ह  प्रधानसेनापति रथी पूर्णचन्द्र थापा

विशेष