मनोरञ्जन

 ‘बिग बोस’ मा सलमान खान एक अंकको १४ करोड पारिश्रमिक लिने !

 ‘बिग बोस’ मा सलमान खान एक अंकको १४ करोड पारिश्रमिक लिने !

एजेन्सी । चर्चित टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन-१२ सेप्टेम्बर १२ देखि सुरु हुन लागेको छ । यस सिजनमा सहभागी प्रतियोगीहरु मध्येबाट केही प्रतियोगीहरुको नाम सार्वजनिकसमेत भइसकेको छ । 

 

यस पटकको शो का लागि कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया, अभिनेत्री तनुश्री दत्ता, उनकी बहिनी इशिता दत्ता, पूर्व क्रिकेटर श्रीसन्त, करणवीर बोहरा, गुरमित चौधरी, उनकी पत्नी देबिना बेनर्जी, दिपिका कक्कड, माहिका शर्मा, पोर्नस्टार डेनी डी लगायतको नामहरु चर्चामा आएको छ । 

 

खबरहरुका अनुसार माहिका शर्मा र डेनी डीको जोडी एक हप्ताको ९५ लाख भारतीय रुपैयाँ लिनेछन् । यस्तै टेलिसिरीयल ‘ससुराल सिमरका’ फेम दिपिका कक्कडले हप्ताको १५ लाखको डिमाण्ड राखेकी छिन् भने भारती सिंह र उनका पति हर्ष लिम्बाचिया हप्ताको ५० लाख लिइरहेका छन् । 

 

प्रतियोगीहरुले नै मोटो रकम लिइरहेका बेला ‘बिग बोस’ शो का सञ्चालक सलमान खानले लिने पारिश्रमिकले आकाश नछुने त कुरै भएन । यो शो १३ हप्तासम्म चल्नेछ ।

 

जहाँ सलमान खान हरेक शनिबार र आइतबार प्रतियोगीहरुका साथ कुराकानी गर्नेछन । तसर्थ यस समयावधिका लागि अभिनेता सलमान खानले ३ सय ६४ करोड भारतीय रुपैयाँ लिने खबर यतिबेला आइरहेका छन् । 

 


‘बिग बोस’ को बढ्दो टिआरपीका कारण हरेक वर्ष सलमान खानको पारिश्रमिक बढिरहेको छ । यस वर्ष प्रत्येक एपिसोडका लागि सलमानले १९ करोड मागेका थिए । तर च्यानलले यति पारिश्रमिक दिन अस्विकार गरिदिएको थियो । 

 

त्यसपछि कैयौं दिनसम्म कुराकानी र छलफल पछि प्रति एपिसोड १४ करोड लिने कुरामा सलमान राजी भएका छन् । सलमान खान ९औंं पटक रियालिटी शो ‘बिग बोस’ होस्ट गरिरहेका छन् । 

सलमान खान बिग बोस

विशेष