प्रवास

एकै वर्ष विदेशमा ८७८ नेपालीको मृत्यु

एकै वर्ष विदेशमा ८७८ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ ।

 

एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, यूएईमा १ सय ३, कुवेतमा ४८, दक्षिण कोरियामा २६, ओमनमा ११, बहराइनमा १०, जोर्डनमा ४, इजरायलमा ३, युगान्डा र नाइजेरियामा एकएक नेपालीको ज्यान गएको छ ।

 

श्रमिकलाई पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए । ‘अभिमुखीकरण तालिम नाउँ मात्रैको भयो,’ उनले भने, ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’ कार्यक्षेत्रबाहिर बढ्दोउल्लिखित तथ्यांकमध्ये झन्डै ७.७४ प्रतिशत अर्थात् ६८ जनाको मात्रै कार्यक्षेत्रमा मृत्यु भएको हो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

वैदेशिक रोजगारी मृत्युदर

विशेष