देश

१२ कक्षा उत्तीर्ण नगरे गाउँपालिकाको सेवाबाट वञ्जित

१२ कक्षा उत्तीर्ण नगरे गाउँपालिकाको सेवाबाट वञ्जित

रोल्पा । सुनिल गाउँपालिकाले महत्त्वकांक्षी योजना ल्याएको छ । आफ्नो क्षेत्रको शैक्षिकस्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले कक्षा १२ उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरको हो । 

 

‘अब यस गाउँपालिकाभित्र अध्ययन गर्ने हरेक विद्यार्थीले अनिवार्य रुपमा कक्षा १२ उत्तीर्ण गर्नुपर्नेछ । यदि बीचमै पढाइ छाडेको पाइए गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुविधा कटौती गर्नेछौं,’ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीते भने। 

 

यदि कोही घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसक्ने छ भने उसका वडा वा गाउँपालिका कार्यालयमा निवेदन दिए कक्षा १२ सम्म पढाउने जिम्मा आफूहरूले लिने अध्यक्ष घर्ती बताए। प्रत्येक वडामा कक्षा १२ सम्म विद्यालय सञ्चालन गर्ने तथा गाउँपालिकाभित्र एउटा क्याम्पस स्थापना गर्ने तयारी भइरहेको स्मृति गाउँपालिकाले जनाएको छ। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो । 

गाउँपालिका

विशेष