खेल

फ्रेन्च लिग वानः पीएसजीको अप्रत्यासित हार

फ्रेन्च लिग वानः पीएसजीको अप्रत्यासित हार

एजेन्सी । गत संस्करण विजेता पेरिस सेन्ट जर्मेइन फ्रेन्च लिग कप फुटबलको क्वाटरफाइनलमा पराजित भएको छ । फ्रेन्च लिग वानमा अपराजित रहेको पीएसजी नकआउट प्रतियोगितामा भने लिगको अन्तिम स्थानमा रहेको गुइनग्याम्पसँग २–१ गोलअन्तरले पराजित भयो । 

 

लिग वानमा रेलिगेसनबाट बच्न संघर्षरत गुइनग्याम्पले पीएसजीलाई उसकै मैदानमा अप्रत्यासित रुपमा हराउँदा दुवै गोल पेनाल्टीमा गरेको हो । पछिल्लो पाँच सिजन लगातार उपाधि जितेको पीएसजीका लागि नेइमारले ६२ औं मिनेटमा गोल गरी अग्रता लिएका थिए । तर, येनी बाकोटोले ८१औं मिनेटमा र मार्कस थुरमले इन्ज्यूरी समयमा गोल गरी टिमलाई शानदार जित दिलाए ।

 

फ्रान्सका महान फुटबलर लिलियन थुरमका छोरा मार्कसले ६१औं मिनेटमा एउटा पेनाल्टीको अवसरमा चुक्न पुगेका थिए । यता लिग वानमा रेलिगेसन जोनमै रहेको थिएरी हेनरी प्रशिक्षित टोली मोनाको भने सेमिफाइनलमा पुगेको छ । रेन्नेसलाई पेनाल्टी शुटआउटमा ८–७ गोलअन्तरले हराउँदै मोनाको अन्तिम चारमा पुगेको हो । यसअघि नियमित र अतिरिक्त समयमा खेल एक–एक गोलको बराबरीमा सकिएको थियो । 

फ्रेन्च लिग वान पेरिस सेन्ट जर्मेइन

विशेष