Technology बैंकिङ

एनआइसीले थाल्योे विना एजेन्ट रेमिट सेवा, ५० भन्दा बढी देशबाट सेवा लिन सकिने

एनआइसीले थाल्योे विना एजेन्ट रेमिट सेवा, ५० भन्दा बढी देशबाट सेवा लिन सकिने

काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले विना एजेन्टको इनवार्ड रेमिटेन्स सेवा को सुरुवात गरेको छ ।

बैंकले वल्र्ड(world) रेमिट लिमीटेड(यूके)सँग सम्झौता गरी नेपाल राष्ट्र बैंकको स्वीकृतिमा उक्त इनवार्ड रेमिटेन्स सेवा शरु गरेको हो । 

 

गत मंसिर २३ गते राष्ट्र बैंकसँग स्वीकृति प्राप्त गरेसँगै बैंकले विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सेवा विस्तार गरेको छ । 


वल्र्ड(world) रेमिटमार्फत कतार, साउदी अरेबिया, यूएई, कुवेत, जापान, क्यानडा, अस्टेलिया, न्यूजील्याण्ड, यूके, अमेरिका, यूरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम एनआइसी बैंकका मुलुकभरका २७० वटा शाखा कार्यालय तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ । 

 

वल्र्ड(ध्यचमि) रेमिटका ग्राहकले एजेन्टमार्फत विप्रेषण सेवा नलिई आफै आफ्नो मोवाइलमार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्ने बैंकले जनाएको छ । 

 

यो सेवाले ग्राहकहरुको समय र पैसा दुबैको बचत हुने सेवा प्रदायक कम्पनीले विश्वास व्यक्त गरेको छ ।

वल्र्ड(world) रेमिटको न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वल्र्ड(world) रेमिटमार्फतका कारोवार वार्षिक १६० प्रतिशतले वृद्घि भइरहेको छ।

वल्र्ड(world) रेमिटले आफ्ना ग्राहकलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै क्यास पिकअप तथा बैंक टान्सफरबाट पैसा पठाउने सेवा दिइरहेको छ ।

एनआइसी एशिया बैंक

विशेष