Breaking News कभर स्टोरी

भ्रष्टाचारबाट कमाएको पैसा ओशो तपोवनमा

भ्रष्टाचारबाट कमाएको पैसा ओशो तपोवनमा

काठमाडौं । सरकारी वन मिचेको, महिलाहरुको अपमान गरेकोलगायत दर्जनौं आरोपबाट घेरिएका ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण र भ्रष्टाचार आरोपी गोपालबहादुर खड्काबीच पनि सम्बन्ध रहेको खुलासा भएको छ । 

 

नेपाल आयल निगमको प्रबन्ध निर्देशक हुँदा पाँच वटा घर र करोडौं रुपैयाँ जोड्न सफल भएका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काले २५ लाख रुपैयाँ स्वामी आनन्द अरुणसम्बद्ध जोर्बा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा भेटिएको छ । 
नाकाबन्दीको समयमा नेपालमा पेट्रोलियम अभाव हुँदा खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशक थिए । निगमसँग हुने सिमित मौज्दातको दुरुपयोगसमेत गरेर खड्काले छोटो समयमा करोडौं कमाउन सफल भएका थिए । त्यसरी अनियमितता गरेर आर्जन गरेको रकम बास बस्ने प्रयोजनका लागि भन्दै ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणको सहकारीलाई दिएको देखिन्छ । 

 

निगमका लागि जमिन खरिदकाण्डमा समेत करोडौं हिनामिना गरेको आरोप खेपिरहेका खड्काले शंकास्पद ढंगबाट कमाएको रकम तपोवनका स्वामी आनन्द अरुणले पनि शंकास्पद ढंगबाट बुझेको देखिन्छ । ओशो तपोवनका बसोबासका लागि भनेर दिइएको रकम तपोवनको खातामा नभएर स्वामी आनन्द अरुणको धेरै सेयर रहेको सहकारीमा बुझाइएको छ । जसको लाभ तपोवनले नभएर स्वामीले लिएको देखिएको छ । 

 

 

तपोवनको खातामा जोर्वा सहकारीमा भएका कारण खड्काले सो रकम सो सहकारीमा ७१ वैशाख ३ मा जम्मा गरेका थिए । सहकारीको खाता नम्बर ००१–००१–एजजीएस–००१००४१ बाट २० लाख र त्यसको ३ दिनपछि अर्थात् २०७१ वैशाख ७ गते पुनः अर्को ५ लाख गरी २५ लाख दिएका छन् । जोर्वा सहकारीका संस्थापक संरक्षक स्वामी आनन्द अरुण नै हुन् । लिने र दिने दुवै विवादास्पद मात्रै छैनन्, उनीहरुको कर्म पनि विवादको घेरमा परेको छ । किनभने नेपाल राष्ट्र बैंकको नियमानुसार सहकारीमा कुनै संस्थाको खाता खोल्न पाइँदैन । सहकारीमा व्यक्ति विशेषले मात्रै खाता खोल्न पाउछ । तर स्वामी आनन्द अरुणले यस्तौ कैयन काम गरेका छन्, जसका कारण उनी विवादास्पद स्वामीहरु मध्येमा परका छन् । 

 

अख्तियारले हालै गोपालबहादुर खड्काविरुद्ध मुद्दा दर्ता गरेको छ । अख्तियारको प्रमुख आयुक्तमा लोकमान सिंह कार्की हुञ्जेल खड्कालाई कसैले हल्लाउनसमेत सकेको थिएन । तत्कालीन  प्रमुख आयुक्त कार्की र खड्का आफन्त हुुन् । लोकमानले धेरै आदर गरेर मान्ने गुरु स्वामी आनन्द अरुण हुन् । यो अर्थमा लोकमान–भ्रष्टाचार अभियुक्त गोपालबहादुर खड्का–विवादस्पद स्वामी आनन्द अरुणको नेक्सस पहिलेदेखि नै थियो भन्ने निष्कर्षमा पुग्न सकिन्छ । 
खड्काको करोडौंको धन र काठमाडौंमा पाँच वटा स्रोत नखुलेको घर भेटिएको छ । 
 

र याे पनि 

रामबहादुर बम्जन र स्वामी आनन्द अरुणबीच कति समानता, कति असमानता ?

‘ओशो’ नामबाट धन्दा होइन ध्यान गर

दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए

महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा (भिडियोसहित)

ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

विशेष