सप्तरीमा मेडिकल कलेज स्थापना हुने
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्तावअनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ ।
सोमबारको मन्त्रिपरिषदले सप्तरीमा मेडिकल शिक्षा दिने प्रतिष्ठान स्थापना गर्ने औपचारिक निर्णय गरेको हो । प्रतिष्ठान स्थापना भएपछि प्रदेश नम्बर १ र २ का नागरिकले स्वास्थ्य सेवा पाउनेछन् । विकास र निर्माणको दृष्टिकोणले अत्यन्त पछाडि परेको यो जिल्लामा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना भएपछि नेपालका १ र २ न प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतका जनताले पनि सेवा प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापनासँगै स्थानीय तहमा सुलभ र आफ्नै गाउमा स्वास्थ्य सेवा सविधाका साथै रोजगारीका अवसर प्राप्त हुनेछ । जसले सप्तरीको बिकासमा फड्को मार्न सघाउ पुग्नेछ ।