मनोरञ्जन

ह्यान्डसम अभिनेताको उपाधि ऋतिकलाई

ह्यान्डसम अभिनेताको उपाधि ऋतिकलाई

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले विश्वभरका अभिनेताहरुलाई पछि पार्दै सर्वाधिक ह्यान्डसम अभिनेताको उपाधि जितेका छन् । यो अभिनेताहरुको लुक्स, उनीहरुको प्रोजेक्टको बक्सअफिसमा गरेको आम्दानी, ग्लोबल फ्यान फलोइङ तथा विभिन्न अनुमोदनबाट प्रदान गरिन्छ । ऋतिक चाँडै चलचित्र चलचित्र सुपर-३० मा देखिँदैछन् । यो चलचित्र निर्माणसँगै विभिन्न कारणले चर्चामा छ । 

 

ऋतिक टप वानमा परेसँगै उनी पुनः विश्वभर खोजिएका छन् । उनलाई युट्यब, फेसबुक, इन्स्टाग्राम, ट्विटर आदि सामाजिक सञ्जालमा खोज्न थालिएको छ । ऋतिक टप वानमा पर्ने क्रममा बलिउडकै अर्का दवंग स्टार सलमान खान भने टप ५ मा परेका छन् ।

 

यो सूचीको टप १० मा अन्य बलिउड अभिनेता छैनन् । ऋतिक टप वानमा पर्ने क्रममा बलिउड अभिनेता छैनन् । ऋतिकले यसअघि एसियाका सर्वाधिक सेक्सिएस्ट अभिनेताको उपाधिसमेत प्राप्त गरेका थिए । 

ऋतिक रोशन बलिउड अभिनेता

विशेष