मन्त्रिपरिषद् बैठकः ठूला अस्पताल संघीय सरकार मातहत
काठमाडौं। देशका ठूला अस्पताल संघीय सरकार मातहत रहने भएका छन् । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ठूला अस्पताल विकास समितिमार्फत सञ्चालन हुँदै आएकामा अब संघीय सरकार मातहतमा रहने निर्णय गरेको हो ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २३ पुस र १९ पुसमा सरकारले गरेको निर्णय सार्वजनिक गर्दै ती अस्पताल संघीय सरकार मातहत रहने बताए । स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न विकास समितिमध्ये केही विकास समितिहरू संघअन्तर्गत रहने गरी निर्णय भएको बाँस्कोटाले बताए ।
काठमाडौंस्थित कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र संघीय सरकार मातहत रहनेछ ।यसैगरी, ललितपुरस्थित मानसिक अस्पताल, काठमाडौंको नरदेवी आयुर्वेद अस्पताल, भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र संघ मातहतमा रहने मन्त्री बाँस्कोटाले बताए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
अस्पताल संघीय सरकार