मनोरञ्जन

किन छाडे अनमोलले ४५ लाख ? 

किन छाडे अनमोलले ४५ लाख ? 

काठमाडौं । ४५ लाख रुपैयाँमा अभिनय गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका अभिनेता अनमोल केसीले प्रि-प्रोडक्सनमा रहेको चलिचित्र ‘ब्याचलर बन्टि’ बाट हात झिकेका छन् । निर्माता सुदीप खड्कासँग केही अघि मात्र वैशाखदेखि फ्लोरमा जाने गरी सम्झौता गरेका अनमोलले साइनिङ अमाउन्डका रुपमा लिएको १० लाख रुपैयाँसमेत फिर्ता गरेका छन् । 

 

अनमोलले गत आइतबार औपचारिक रुपमा उक्त चलिचित्र छाडेको घोषणा गरेका हुन् । भनिन्छ, अनमोललाई चलचित्रको कथा चित्त बुझ्दो लागेन । स्क्रिप्टमा समस्या नभए पनि कथा मन नपरेकै कारण अनमोलले ठूलो धनराशि पारिश्रमिक पाउने चलचित्र छाडेको बताइन्छ । 

 

‘मेरा लागि तयार पारिएको चरित्रमै मैले चित्त बुझाउन सकिन्, अनमोल भन्छन्- ‘आफूलाई नसुहाउने चरित्रमा जबर्जस्ती अभिनय गर्नु गलत हो जस्तो लागेर पछि सरको हुँ ।’ अनमोलले आफ्नो अभिनय करियरमा पहिलो पटक सम्झौता गरिसकेको चलचित्र छाडेका हुन् । साप्ताहिकबाट 

अनमोल केसी

विशेष