समाज

कस्तो रहन्छ आजको मौसम

कस्तो रहन्छ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले शनिबार बिहानैदेखि काठमाडौं उपत्यका, आसपासका क्षेत्र र मुलुकका धेरैजसो स्थानमा बिहानैदेखिको मौसम बदली रहेको बताएको छ । महाशाखाका अनुसार तराईका जिल्लाहरुमा हल्लादेखि मध्यमखालको हुस्सु लागेको छ ।

 

बिहानैदेखि मौसम बदली रहे पनि काठमाडौंमा शनिबार दिउँसो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । तर, मुलुकका उच्चपहाडी र हिमाली क्षेत्रमा भने हल्का हिमपात हुनसक्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

 

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाको शनिबार बिहान ६ बजेको न्यूनतम् तापक्रम ४.४ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । यो हिजो बिहान ६ बजेको तापक्रमको तुलनामा केही कम हो । शुक्रबार बिहान ६ बजेको न्यूनतम तापक्रम ५ डिग्री सेन्टिग्रेड मापन गरिएको थियो । बिहीबार बिहान भने तापक्रम ३.६ डिग्री सेन्टिग्रेड रहेको थियो ।

 

शनिबार दिउँसो काठमाडौं उपत्यकाको तापक्रम अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेन्टिग्रेडसम्म पुग्ने महाशाखाको अनुमान छ । यो वर्ष आजसम्म सबैभन्दा न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसम्म मापन गरिएको थियो ।

मौसम

विशेष