महिला क्रिकेट : चीनमाथि नेपालको शानदार जित, १० विकेटले पराजित

थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।
चीनले दिएको ४९ रनको लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना क्षति भेट्टाएको हो । ओपनर सीता राना २४ र काजल श्रेष्ठ १४ रनमा अविजित रहँदै लक्ष्य पूरा गरेका थिए ।
यसअघि बैककस्थित एसीयन ईन्टिच्युट अफ टेक्नोलोजीको मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि चीन ब्याटिङमा उत्रिएको चीनले निर्धारित ओभरमा ६ विकेट गुमाएर ४८ रनको सामान्य योगफल तयार पारेको हो । चीनका लागि झ्याङ चाङले १३ रन बनाएपनि अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । उसका २ ब्याट्स वुमनले खाता नै खोल्न सकेनन् ।
महिला क्रिकेट