मुख्य समाचार

विवेकशील साझाले फुटपछि भन्यो, ‘यसरी अनायसै छाडेर जानुहुन्छ जस्तो लागेको थिएन’ 

विवेकशील साझाले फुटपछि भन्यो, ‘यसरी अनायसै छाडेर जानुहुन्छ जस्तो लागेको थिएन’ 

काठमाडौं । फुटपछि विवेकशील साझाले अझै सशक्त भएर पार्टीअगाडि बढ्ने दृढता प्रकट गरेको छ । 

 

विवेकशील साझाले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले भने, ‘अहिले पनि केही बिग्रेको छैन । आउनुहोस्, मिलेर अगाडि बढौं । तपाईंहरु फेरि फर्किनुहोस् । तपाईंहरु हामीसँगै हुँदा सबैतिरबाट शुुभकामना दिएका थिए । अहिले छाडेर जाँदा केही खल्लो भएको छ । तर यो देशको नेतृत्व अब हामीले नै गर्ने हो ।’

 

विवेकशील साझाको फुट हुनुअघि कुनै औपचारिक सम्वादसमेत नभएको संयोजक मिश्रले बताए । पार्टीको सम्पत्तिको सम्बन्धमा मिश्रले भने, ‘छाडेर जाने साथीहरुले विभिन्न आरोप लगाएर जानु भएको छ । तर मैले यो विषयमा बोलेको थिइनँ । आरोपप्रत्यारोप गर्दिनँ । तर आर्थिक पारदर्शीता हुनेछ । हामीसँग भएको सबै पैशाको स्रोत स्पष्ट छ । फेसबुकमै राखेका छौं । सम्पत्ति बाँडफाँड कानुनी कुरा हो । हामी बुझेर निर्णयमा पुग्छौं ।’

 

पार्टी वास्तवमै फुट्दैछ भन्ने केही संकेत पहिले नै पाएको संयोजक मिश्रले बताए । विवेकशील नेपाली दल बनाउने अभियान केहीदिन अघि नै शुरु भएको मिश्रले दावी गरे । 

 

पार्टीका नेता डा. सूर्यराज आचार्यले पार्टी विधिसम्मत नचलेको भन्ने आरोप गलत हो । केन्द्रीय सदस्य थप गर्दा पनि विधिविपरीत नगएको दावी गरे ।    
 

विशेष