स्वास्थ्य

विदेशबाट आयतितभन्दा स्वदेशमै उत्पादित औषधि आठ गुणा महँगो

विदेशबाट आयतितभन्दा स्वदेशमै उत्पादित औषधि आठ गुणा महँगो

काठमाडौं । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयतितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ ।  

 

विदेशबाट आयातित र स्वेदशमै उत्पादित १३ वटा एउटै ‘जेनेरिक’ नाम एवं ‘थेरापी’ भएको औषधिको मूल्यको तुलनात्मक अध्ययन गर्दा नेपाली औषधि आठ गुणा मंहगो रहेको तथ्य फेला पारेको हो । राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिँदै आएको छ । तर उपभोक्ताले आयातित औषधिभन्दा स्वदेशमा उत्पादित औषधि महँगो किन्दै आएका छन् । विदशेबाट औषधि महँगोमा किन्दौ आएका छन्। विदशेबाट औषधि ल्याउँदा पाँचदेखि सात प्रतिशतसम्म भन्सार तिर्नुपर्छ ।

औषधि

विशेष