प्रवास

भारतमा रहेका नेपाली चिकित्सकले पाएनन् तलबभत्ता, १५६ चिकित्सकको बिचल्ली

भारतमा रहेका नेपाली चिकित्सकले पाएनन् तलबभत्ता, १५६ चिकित्सकको बिचल्ली

काठमाडौं । भारतका सरकारी संस्थानमा चिकित्साशास्त्रमा एमडीरएमएस, डीएमरएमसीएच गर्ने रेजिडेन्ट नेपाली चिकित्सकले सेप्टेम्बेरदेखि पाउनुपर्ने स्टाइपेन्ड (मासिक तलबभत्ता) पाएका छैनन् । स्टाइपेन्ड नपाउँदा करिब १५६ जना नेपाली चिकित्सक बिचल्लीमा परेका छन् । 

 

लामो कानुनी लडाइँपछि भारतको केन्द्र सरकारले विदेशी विद्यार्थीलाई भारतीय सरह स्टाइपेन्ड दिने निर्णय गरेको थियो । भारतमा चिकित्साशास्त्र उच्च शिक्षाअन्तर्गत विदेशी कोटामा पढ्नेमा अधिकांश नेपाली विद्यार्थी हुने गरेका छन् । उनीहरुले प्रतिमहिना पाउनुपर्ने करिब ८० हजारदेखि एक लाखसम्म भारु नपाएको बताएका छन् । अविलम्ब स्टाइपेन्ड रकम सुचारु गरिदिन नेपाल र भारतका स्वास्थ्य र विदेशमन्त्रीसँग् आग्रहसमेत गरेका छन् । यो खबर आजको कान्तिपुरबाट लिइएको हो ।

डाक्टर

विशेष