खेल

महिला क्रिकेट : नेपालको लगातार दोस्रो जित, सरीताले लिइन् ४ विकेट

महिला क्रिकेट : नेपालको लगातार दोस्रो जित, सरीताले लिइन् ४ विकेट

काठमाडौं । थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सहज शानदार जित निकालेको छ। नेपाले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । 

 

आइतबार भएको आफ्नो दोस्रो खेलमा मलेसियाले दिएको ६२ रनको लक्ष्य १६ दशमलव २ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि सर्वाधिक रन रोमा थापाले अविजित २० रन बनाइन, त्यस्तै सीता रानामगरले १६ रनको योगदान गरिन। यसअघि टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले  १९ ओभर ३ बलमा अलआउट हुँदै ६१ रनमा समेटियो ।  

 

मलेसियाका लागि सर्वाधिक १२ रन सियो तिजिनले बनाउँदा युर्सरिना याकुबले ११ रनको योगदान गरिन् । तीबाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । मलेसियाको इनिङलाई सस्तैमा समेटन सरिता राना मगर एक्लैले ४ विकेट लिइन् । त्यस्तै कविता कुँवर, इन्दु बर्मा र नेरी थापाले समान एक एक विकेट लिए। थाइल्याण्ड क्रिकेट एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको समूह ए मा रहेको नेपालले तेस्रो खेलमा भोली युएई र बुधबार थाईल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

महिला क्रिकेट

विशेष