Technology कर्पोरेट

एप्पलले चीनमा आइफोनको मूल्य ह्वात्तै घटायो

एप्पलले चीनमा आइफोनको मूल्य ह्वात्तै घटायो

एजेन्सी । अमेरिकी प्राविधिक कम्पनी एप्पलले चीनमा आइफोनको मूल्यमा भारीरूपमा घटाएको छ। एप्पले चीनमा आफ्नो च्यानल साझेदारीका लागि केही आइफोनको मूल्य ८०० युआन अर्थात् ११८ अमेरिकी डलरसम्म घटाएको हो।

 

चीनमा आइफोन खरिदमा आएको कमीका कारण देखिएको समस्यालाई बुझ्दै एप्पले उक्त कदम उठाएको हो। केही दिन अघि मात्रै एप्पलले आफ्नो आम्दानी घट्ने प्रक्षेपण गरेको थियो, जसका कारण एप्पलको शेयर मूल्य एकैदिन १० प्रतिशतले घटेको थियो। त्यसलगत्तै एप्पलले चीनमा आइफोन बेच्ने नयाँ रणनीतिअनुसार केही आइफोनको मूल्य मारी मात्रमा घटाएको चाइना डेलीले जनाएको छ। 

 

प्लेटफर्म जेडीले नयाँ मूल्यअनुसार आइफोन ८ र आइफोन ९ प्लसको मूल्य ३ हजार ९९९ युआन र ४ हजार ७९९ युआनमा झारिने बताएको छ। यसअघि यी मोबाइलको मूल्यभन्दा नयाँ मूल्य ६०० र ८०० युआनले कमी हो। यो मूल्य कटौती शुक्रबारबाटै लागू भएको चाइना डेलीले जनाएको छ।

 

त्यस्तै चीनकै अर्को इ-कमर्स प्लेटफर्म सुनिङले पनि आइफोन एक्सआर र आइफोन एक्सको मूल्य घटाएको छ। उक्त प्लेटफर्ममा १२८ गिगाबाइट भर्सन आइफोन एक्सआर ५ हजार ७९९ युआनमा बिक्री भइरहेको छ। यो एप्पलको आधिकारिक अनलाइन स्टोरमा राखिएको मूल्यभन्दा १ हजार २०० युआनले कमी हो।
 

चीन एप्पल आइफोन

विशेष