कभर स्टोरी ओटोमोबाइल

अत्यावश्यक सवारी साधन विलासिताको साधन हुनै सक्दैन : मन्त्री महासेठ (भिडियाेसहित)

अत्यावश्यक सवारी साधन विलासिताको साधन हुनै सक्दैन : मन्त्री महासेठ (भिडियाेसहित)

काठमाडौं । विकास निर्माणदेखि नागरिकहरुको जीवन पद्धतीसँग प्रत्यक्ष सरोकार राख्ने सवारी साधन विलासिताको साधन हुँनै नसक्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् । 

 

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालको ४२ औं साधारण सभामा प्रमुख अथितिको रुपमा बोल्दै मन्त्री महासेठले सरकारले यातायातका साधनलाई विलासिताको कोटीमा नराखेको समेत जिकिर गरेका छन् । 

 

‘कुनै सवारीसाधन विलासी हुनसक्छ, संसारभर विलासी सवारीसाधनलाई विलासीनै भनेर बिक्री गर्ने गरिन्छ । हामी पनि त्यसको तयारीमा छाै‌  तर सबै सवारीसाधन विलासीको कोटामा पर्दैन’ मन्त्री महासेठले भने ।

 

मन्त्री महासेठले ९० प्रतिशत यातायातको माध्यम गाडी भएकाले यसको लागि आवश्यक पूर्वाधार बनाउन सरकार लागि परेको जानकारी दिए । त्यसका लागि देशभित्र सडक सञ्जाल विस्तार र सुधारमा सरकार योजनाबद्ध रुपमा सक्रिय रहेकाे उनले बताए ।  यसका साथै रेल र पानीजहाज संचालनमा समेत सरकार अघि बढिसकेको मन्त्री महासेठले जानकारी दिए ।  त्यसको हालसम्म ९९ प्रतिशत डिपिआर तयार भैसकेको उनले बताए ।  

 

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले नेपालमा सवारीसाधन धेरै भएको चर्चा सहि नभएको भन्दै हाम्रो सडक पूर्वाधार कम भएको बताए ।

 

नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले सबैलाई स्वागत गर्दै सरकारले अटो क्षेत्रलाई हेर्ने नजरमा केही परिर्वतन हुनु पर्ने धारणा राखे । 

गत आर्थिक वर्षमा मात्र १०५ अर्ब राजस्व राज्यलाई प्रदान गर्ने अटोमोबाइल क्षेत्र कसरी अनुत्पादक हुन्छ भन्दै उनले गाडी किन्ने मानिसले १० प्रतिशत डाउन पेमेन्ट र ९० प्रतिशत कर्जा लिएर गाडी किन्ने व्यवस्था हुनु पर्ने माग गरे ।

 

 नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले सडक पूर्वाधार विकासलाई तिब्रता दिदै अगाडि बढ्नुको विकल्प नभएको र सडक पूर्वाधार र यातायातका साधन विना समृद्धि सम्भव नभएको धारणा राखेका थिए । 


 

नाडा अटोमोवाइल एसोसिएसन अफ नेपाल

विशेष