कभर स्टोरी भिडियो

हामी परम्परागत दलभन्दा केही राम्रो हुन मात्रै मिसिएका थिएनौं (भिडियाेसहित)

हामी परम्परागत दलभन्दा केही राम्रो हुन मात्रै  मिसिएका थिएनौं (भिडियाेसहित)

काठमाडौं । विवेकशील साझा पार्टीबाट संयोजक उज्वल थापाको समूह बाहिरिएको छ । अब थापा नेतृत्वको विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता भइसकेको छ । विवेकशील साझा टुक्रेपछि वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई धक्का लागेको टिप्पणी पनि भइरहेको छ । 

 

विवेकशील नेपाली दलकी युवा नेतृ एवं स्थानीय तह निर्वाचनमा विद्यासुन्दर शाक्यलाई कडा टक्कर दिएकी रञ्जु दर्शनाले यो विभाजनले विवेकशील नेपाली दलको स्पिरिटलाई जीवन्त राख्ने बताएकी छिन् । विवेकशील साझा पार्टी वैकल्पिक दल त बन्यो तर काम गर्ने शैली परिवर्तन गर्न नेतृत्वले चाहेन । जसका कारण छुट्टिनु परेको रञ्जुले बताइन् । 

 

७२ सालमा भूकम्प अचानक भूकम्प गएको जस्तो लाग्छ । तर त्यसको पूर्वाधार धेरै अगाडि देखि तयार भएको थियो । त्यसै गरी विवेकशील साझामा पनि त्यस्तै भयो । धेरै पटकका असन्तुष्टिहरु सँगेल्न नसकिने गरी स्थापित भए । जसका कारण पार्टी फुटमा गयो । मानवीय त्रुटि मात्रै थिएन विवेकशील साझामा । समस्यालाई समस्या नै नदेखेपछि पार्टी फुटाउनु परेको उनले यस्तो निर्णय लिनु परेको उनले स्पष्ट पारिन् । 

बानेश्वरको एक बैंक्वेटमा आधिकारिक कार्यक्रम भइरहँदा सदस्यहरुले आफ्नो मत राख्नसमेत पाएनन् । किन त्यस्तो भयो त ? फरक मत राख्नेहरुको सम्मान भएन । जसका कारण एक हुन सकिएन– रञ्जुले भनिन् । सहभागीतामूलक लोकतन्त्र भन्ने तर व्यवहारमा सहभागीताबाट वञ्चित गर्ने साझाका नेताहरुले गरेको रञ्जुको आरोप छ । 

 

प्रदेश संयोजकहरु तोक्दा पनि अनियमितता गरियो । संयोजन समिति तोक्ने काम भयो । त्यसलाई केन्द्रीय समितिमा अनुमोदन गर्न खोजियो । केन्द्रीय समितिमा बहुमत पुर्याउन साझाका नेताहरुले केन्द्रीय सदस्य थपे । जुन राजनीतिक इमान थिएन । 

 


प्रदेश संयोजक मात्रै होइन, जिल्ला संयोजक चयनमा पनि तलमाथि गरिएको रञ्जुको भनाइ छ । जनताले नेताले चिनेका नेतालाई अझै प्रमोसन गर्ने तर ओझेलमा परेका प्रतिभाशाली नेताहरुलाई सधै पछाडि नै पार्ने काम पनि भएको उनले दावी गरिन् ।  

रञ्जु भन्छिन्, ‘पार्टी एकीकरण भएपछि उत्कृष्टता प्रदान गर्न सकिएन र उद्देश्य पनि बरालियो । अंकगणितको खेल नखेल्ने भनेकै थियौं । अहिले फरक भयौं ।’

 

साझा पार्टीका नेताहरुले चिनिएका अनुहारलाई अगाडि सारेर नेता स्थापित गराउने प्रयास गरे । तर रञ्जुको मत मुभमेन्टले नै नेतृत्व जन्माउन पर्छ भन्ने हो । चिनिएका पात्र ल्याउँदैमा राजनीतिमा सफल हुन सकिदैन । जो परिचित अनुहार छन् उनीहरुलाई जबर्जस्त स्थापित गराउने, बाँकी प्रतिभालाई ओझोलमा पार्ने काम नेतृत्वबाट भइरहँदा अन्तरविरोध चुलिएको रञ्जु दावी गर्छिन् । 

 

पार्टी फुट्नुमा आर्थिक पारदर्शीताको कुरा पनि रहेको उनले उल्लेख गरिन् । विवेकशील साझामा आर्थिक अनियमितता नरहेको रञ्जुले स्पष्ट पारिन् । आर्थिक कारोबार वेभसाइटमा छर्लंग राखौं न भन्ने विषयमा आनाकानी भएको उनले बताइन् । परम्परावादी दलहरुलको तुलनामा राम्रो गर्ने भन्ने सोच नै गलत भयो । वैकल्पिक शक्तिले त शैली नै नयाँ अपनाउने हो । तुलनात्मक राम्रो भएर रुपान्तरण सम्भव नरहेको रञ्जुको ठहर छ । 
 

विशेष