स्वास्थ्य

फेरि भेटियो काठमाडौंमा स्वाइनफ्लू

फेरि भेटियो काठमाडौंमा स्वाइनफ्लू

काठमाडौं । राजधानीमा स्वाइनफ्लु (एचवानएनवान) का बिरामी भेटिएका छन् । वीर अस्पतालमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमण बिरामीका करिब दुई सातादेखि उपचार भएरहेको छ । संक्रमित १५ र २६ वर्षका काठमाडौंबासी हुन् । 

 

उपचारमा संलग्न डा. राजेशकुमार मण्डलका अनुसार उनीहरु आइसियुमै राखेर उपचार गर्नुपर्ने अवस्थामा अस्पतालमा पुगेका थिए । अहिले बिरामीको अवस्था जोखिममुक्त भएको बताउँदै उनले भने, ‘एक साता भेन्टिलेटरमा राखेर उपचार गरियो, दुवैलाई निमोनियसमेत भैसकेकाले अवस्था गम्भीर थियो ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

वीर अस्पताल स्वाइनफ्लु संक्रमण

विशेष