स्वास्थ्य

विदेशमा प्रतिबन्धित औषधि नेपालमा बिक्री

विदेशमा प्रतिबन्धित औषधि नेपालमा बिक्री

काठमाडौं । उच्च रक्तचापका रोगीले सेवन गर्ने ‘भल्सार्टनयुक्त ट्याबलेट’ लाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ। तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ। भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ। औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन्।

 

खाद्य तथा औषधि व्यवस्थापन (एफडिए) अमेरिकाले भल्सार्टनयुक्त केही ट्याबलेटलाई क्यान्सरको कारक हुनसक्ने भन्दै वर्गीकरण गरेको छ। भल्सार्टनमा हुने एन–निट्रोसोडिथिलामिन रसायनले मानव स्वास्थ्यमा क्यान्सर रोग लाग्न सक्ने विज्ञ बताउँछन्। ‘भल्सार्टनका केही ट्याबलेट अहिले पनि हाम्रो बजारमा उपलब्ध छन्,’ विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने। ‘यी औषधि अन्य मुलुकमा प्रतिबन्धित छन् भन्ने कुरा हामीलाई जानकारी छैन,’ उनले भने।

 

डिसेम्बर ३१ बाट अमेरिकाको औरोबिन्दो फार्माले ८० टलको एम्लोडिपिन भल्सार्टन, भल्सार्टन एचसिटिजेड र भल्सार्टन ट्याबलेट बजारबाट फिर्ता गरेर भण्डारण गर्ने घोषणा गरेको थियो। डिसेम्बर तेस्रो साता टिभा फर्मासिटिकलले उच्च रक्तचापका भल्सार्टन एम्लोडिपिन भल्सार्टन कम्बिनेसन ट्याबलेट र एम्लोडिपिन एचसिटिजेड ट्याबलेटलाई बजारबाट फिर्ता गर्ने घोषणा गरेको थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

औषधि

विशेष