स्पेनिस ला लिगाः बार्सिलोनाको शानदार जित, मेसीको ४ सय गोल पुरा

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइवारमाथि शानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार बार्सिलोनाले एइवारलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानको अग्रता ५ अंक पुर्याएको छ। बार्सिलोनालाई सहज जित दिलाउन लुइस स्वारेजले २ तथा कप्तान मेसीले १ गोल गरे। कप्तान मेसीले लिगमा गरेको यो ४०० औं गोल हो।
एकपक्षीय खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट सुरूवाती अग्रता लिएको बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो। थप आक्रमक खेलेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्यो।
खेलको ५३औं मिनेटमा कप्तान मेसीले लुइस स्वारेजको पासमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे। मेसीको यो ला लिगामा बार्सिलोनाको लागि ४००औं गोल हो । उनले बार्सिलोनामा १४ वर्षको अवधिमा ४०० गोल पुरा गरेका हुन्। सन् २००५ मा बार्सिलोना भित्रिएका मेसीले १४ वर्षमा ४ सय गोल पुरा गरेका हुन्।
लियोनल मेसी स्पेनिस ला लिगा