मनोरञ्जन

बलिउडमा कमजोर साबित ‘मि टु’, तनुश्री अमेरिका उडेसँगै आलोकनाथलाई सफाइ

बलिउडमा कमजोर साबित ‘मि टु’, तनुश्री अमेरिका उडेसँगै आलोकनाथलाई सफाइ

एजेन्सी । बलिउडमा नायिका तनुश्री दत्ताबाट सुरु भएको ‘मि टु’ अन्तत कमजोर साबित भएको छ । तनुश्रीले नाना पाटेकरलाई यौन दुव्र्यवहारको आरोप लगाएपछि ‘मि टु’ को चर्चा व्यापक रुपमा बढेको थियो । त्यसपछि निर्देशक, नायक, निर्माता गरेर अठार चर्चित व्यीक्तमाथि यौन शोषण, बलात्कार र दुव्र्यवहारको आरोप लाग्यो । त्यसमध्ये मात्र आलोकनाथको मामिला अदालतसम्म पुग्यो । तर सत्र जनालाई न्यायलयले एकतर्फी आरोपमात्र भएको ठहर गरी जमानत दियो । 

 

नाना पाटेकरः  तनुश्री दत्ताले नाना पाटेकरमाथि लगाएको आरोपमाथि प्रहरीले अहिलेसम्म केही कारवाही थालेको छैन । यसबीचमा उनी अमेरिका फर्किइन् । अमिरिकी नागरिकता पाइसकेकी तनुश्री सन् २०१० देखि न्यूजर्सीमा बस्दै आएकी छन् । 

 

सुभाष घईः अभिनेत्री केट शर्माले अक्टोबरमा सिफल्ममेकर तथा निर्देशक सुभाष घईमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । सुभाष घईले आफूलाई जबरजस्ती किस गर्न खोजेको र बडी मसाज गर्न कर गरेको भन्दै भने समाजिक सञ्जालमार्फत उनले यो कुरा खुलाएकी थिइन् । केटले प्रहरी चौकीमा केस दर्ता गराएकी थिइन् । तर एक महिना भित्र नै उनले केस फिर्ता लिइन् । मुम्बई प्रहरीसँग उनले अब यो केस अगाढी नबढाउने पनि बताइन् । 

 

आलोक नाथः देखक तथा निर्मात्री विनता नन्दाले संस्कारी छवि बनाएका अभिनेता आलोकनाथमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । उनको अनुसार आलोकनाथ एकदिन उनलाई घर छोड्न गएका थिए । त्यही समय रक्सीको मातमा उनीमाथि यौन दुव्र्यवहार गरे । विनताको एफआइआरमा आलोकनाथ दुष्कर्म केसमा आरोपी बने । केस अदालत पुग्यो । सत्र न्यायलयले उनलाई जमानत दिए । कोर्टले आलोकनाथ माथि झुठो, दुर्भावनापूर्ण र काल्पनिक आरोपको आधारमा केस दर्ता गरिएको ठहर ग¥यो । जवाफमा आलोकले विनतामाथि मात्र १ रूपैयाँको मानहानीको केस दर्ता गरे । 

 

साजिद खानः निर्देशक साजिद खानमाथि लागेको गम्भीर आरोपको बाबजुद पनि केही फाइनेन्सर उनीसँग लगातार मिटिङ गरिरहेका छन् । उनी नयाँ कामको तयारीमा लागेका छन् भने केही दिनमा उनको नयाँ फिल्म पनि घोषणा हुँदै छ । 
कैलाश खेरः गायक कैलाश खेर सरकारी क्याम्पियनको लागि कन्सर्ट गर्दै छन् । नीति आयोगदेखि लिएर सरकारकोे बाँकी मन्त्रालयको कामको लागि उनी तयारीमा जुटिरहेका छन् । 

 

नवाजुद्दीन सिद्दीकीः पूर्व मिस इन्डिया निहारिका सिंहको आरोपले पनि नवाजुद्दीनको जीवनमा खासै केही असर परेन । यतिबेला उनी धेरै प्रोजेक्टमा जोडिएका छन् । ‘मि टु’ को आरोपले उनको ‘ठाकरे’, ‘पेट्टा’ र ‘फोटोग्राफर’ जस्ता फिल्मलाई केही प्रभाव परेन ।

 

विकास बहलः ‘मि टु’ को आरोप पछि विकास बहल ‘सुपर ३०’ को पोष्ट प्रोडक्सनमा फर्किसकेका छन् । बलिउड सञ्चारमाध्यमले जनाए अनुसार विकासका समर्थकले उनको अपराध साबित नभएको बताउँछन् । उनीमाथि प्रोडडक्सन हाउस फैन्टमका कर्मचारी र कंगना रनावतको ‘मि टु’ को आरोप लागेको थियो ।  

‘मि टु

विशेष