कभर स्टोरी

जोगी होइनन् अरुण स्वामी, करोडौंका मालिक हुुन् 

जोगी होइनन् अरुण स्वामी, करोडौंका मालिक हुुन् 

काठमाडौं । विवादित संस्था ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण अक्सर भन्ने गर्छन्, ‘म त एउटा जोगी हुँ ।’ उनी जोगी हुन् कि सन्यासी त्यो नाप्ने तराजु त बनेको छैन तर उनी झन्डै ५० करोड सम्पत्तिका मालिक भएको खुलासा भएको छ । 

 


स्वामी आनन्द अरुण आम मानिसले बुझे जस्तै सन्यासी मात्रै होइनन् । उनी दाम कमाउन सफल व्यवसायी पनि हुन् । उनको आय कति वैध छ, त्यसको परीक्षण हुन बाँकी छ तर उनीसँग सालाखाला ५० करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको विश्वस्त स्रोतको दावी छ । 

 

पूरा नाम अरुणकमार सिंह रहेका आनन्द अरुणको पुख्र्यौली घर जनकपुर हो । जनकपरको जायजेथाबारे धेरै खुल्न सकेको छैन । तर उनको मुक्तिनाथ विकास बैंकमा ठूलो धनराशी बचत छ । सानिमा बैंक लिमिटेडमा स्वामीको सेयर र बचत दुवै छ । स्वामीकै अगुवाईमा खुलेको जोर्बा सहकारी संस्थामा नहुने कुरै भएन । जोर्बामा अनियमित तवरबाट उनले तपोवनको समेत खाता खोलेर सञ्चालन गरिरहेका छन् । त्यस्तै गरी सिभिल बैंकमा सेयर र बचत रहेकोछ । सदिक्षा बचत तथा ऋण सहकारीमा पनि स्वामी आनन्द अरुणको हिस्सा रहेको बताइन्छ । 

 

जानकारहरूका अनुसार स्वामीसँग पाँच सात बैंकमा नगद माैज्दात नै ठूलाे परिमाणमा छ । मुक्तिनाथ, सानिमा, जाेर्बा सहकारी, सिभिल बैंकलगायतमा उनकाे नगद बचत नै दश कराेडकाे हाराहारीमा छ । 

 

स्वामी आनन्द अरुण उद्योगपति पनि हुन् । उनको श्रीमाया ग्यास उद्योग छ । यी सबैको हालको मूल्यांकनअनसार करिब १३ करोड ५० लाख रुपैयाँ हुन आउछ । 

 

इञ्जिनियरिङ सम्बन्धी सेवा दिने बिडिए कम्पनी पनि स्वामी आनन्द अरुणकै हो । जसको कार्यालय त्रिचन्द्र कलेज अगाडि छ । प्राइम लोकेसनमा भएका कारण कार्यालय रहेको जमिन र भवनकै हालको मूूल्यांकन १० करोड हाराहारीमा हुने बताइन्छ । स्वामीको ताहचलमा रहेको घर पनि १० करोडमाथिकै रहेको उनैले बताउने गरेका छन् । 

 

आवरणमा ओशो तपोवन सन्यासीहरुको कम्युन भनिए पनि यो एक रिसोर्टमा परिणत भएको छ । ओशो तपोवन पनि आयको राम्रो स्रोत हो । तर बिल भर्पाइ नगरी गरिने कारोबारको रकम तपोवनका ट्रष्टीहरुले मिलेर शुभलाभ गर्दै आएको स्रोतको दावी छ । यस्तो शुभलाभबाट औंलामा गन्न सकिनेहरु मात्रै लाभान्वित भएका छन् । स्वामीको विडिए नामक कम्पनीका सेयर होल्डर अर्थात बिजनेस पार्टनरहरु नै ओशो तपोवनका ट्रष्टीहरु छन् । ति बिजनेस पार्टनरले ओशो तपोवनलाई पनि आयकै माध्यम बनाएका छन् । भन्नका लागि एनजिओ भनिए पनि यो संस्था नियमानुसार चलेको छैन । बीसौं वर्षदेखि एकै व्यक्ति संस्थाको अध्यक्ष छन् । 

 

स्वामी अरुणले नेपालसहित विश्वभर आफ्ना २ सय कम्युन रहेको दावी गर्छन् । उनले भनेअनुसार एक लाख उनका चेलाहरु छन् । तर नेपालमा ८–१० वटा मात्रै कम्युन दर्ता छन् । बाँकी कम्यनु छैनन् भए पनि अवैध हिसाबले चलिरहेका छन् । स्वामी अरुणकै मूर्ति पुजा हुने पोखरा कम्युनको सम्पत्तिमा पनि स्वामी अरुणकै नियन्त्रण रहेको बताइन्छ । उनका चेलाहरुले खोलेका अधिकांश कम्युनमा स्वामीकै नियन्त्रण हुने गर्छ । जसका कारण स्वामीको आयको स्रोत सिर्जना भएको छ । 

 

स्वामी आनन्द अरुणले तपोवनमा सन्यासी भन्दा पनि अन्धभक्त उत्पादन गर्ने र उनीहरुलाई विभिन्न वहानामा अमेरिका, क्यानडा, अष्ट्रेलिया पठाउने गर्छन् । उनले ओशोका पुस्तकहरु अवैध रुपमा प्रकाशन गरी बिक्री वितरण गर्ने र सो बापतको रकममा पनि अनियमितता गरिरहेको आरोप लागेको थियो । तपोवन पब्लिकेसन नामक दर्ता नै नभएको संस्थाले ओशोका विचार तोडमोड गरी प्रकाशित गर्छ । र त्यसलाई नेपालमा मात्रै होइन अमेरिकामा पनि बिक्री गर्छ भन्नेहरु धेरै छन् । 

 

अमेरिकामा स्विमिङ पुलसहितको कम्युन 

आफूलाई जोगी बताउने स्वामी आनन्द अरुणको सम्पत्तिले देशको भूगोल पार गरेको छ । उनको अमेरिकामा पनि कम्युन छ । जहाँ उनी वर्सेनि ध्यान सिकाउन पुग्छन् । अमेरिकाको सान्डियागोमा उनको रिसोर्टको सुविधा भएको आश्रम छ । मान्छे मूर्ख बनाउने पेशा बनाएका कुमार स्वामी भनिने नयाँ नटवरलालसँग पनि स्वामी आनन्द अरुणको गहिरो मित्रता छ ।

कुमारस्वामी सँग मिलेर स्वामी आनन्द अरुणले बेलायतमा प्रोपर्टी बिजनेस गरिरहेका छन् । कुमार स्वामी तिनै ठग हुन् जसले गएको असोज महिनामा पशुपतिको वनकालीमा संस्कृतिका श्लोक वाचन गरेर क्यान्सर / एड्स जस्ता रोग पनि १५ मिनेटमा निको पार्ने भनेर पत्रिकामा विज्ञापन छपाएर शिविर चलाएका थिए । 

 

र याे पनि 

रामबहादुर बम्जन र स्वामी आनन्द अरुणबीच कति समानता, कति असमानता ?


रामरहिम र आशाराम बापुको पथमा नलागून स्वामी आनन्द अरुण

स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

विशेष