मुख्य समाचार

सांंस्कृतिक विविधताले एकतालाई मजवुद बनाएको छः प्रधानमन्त्री ओली  

सांंस्कृतिक विविधताले एकतालाई मजवुद बनाएको छः प्रधानमन्त्री ओली  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको बताएका छन्। माघे संक्रान्तिको अवसरमा नेपालीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सांंस्कृतिक विविधताले नेपालीको एकतालाई थप मजवुद बनाएको बताएका हुन्।

 

‘एकातिर यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेका छन्,’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘यो सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको छ ।’ प्रधानमन्त्री ओलीले सबै जात र समुदायको सहभागितामा जारी गरिएको संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा गर्न सरकार अघि बढिरहेको बताएका छन्।  

केपी शर्मा ओली माघे संक्रान्ति

विशेष