स्वास्थ्य

इमरान हासमीका छोरा ‘क्यान्सर फ्रि’

इमरान हासमीका छोरा ‘क्यान्सर फ्रि’

एजेन्सी । बलिउड अभिनेता इमरान हासमीको लागि आज सबैभन्दा खुशीको दिन हो । किनकि उनका ९ वर्षीय छोरा आयान क्यान्सरमूक्त भएका छन् । ५ वर्षको डायग्नोसिसपछि डाक्टरले अब आयान पूर्णरूपमा स्वस्थ भएको बताएका छन् । इमरानले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट यो खबर सार्वजनिक गरेका हुन् । 

 

छोरासँको फोटो राख्दै इमरानले पाँच वर्षको डायग्नोसिसपछि छोरा क्यान्सरमुक्त भएको र यो एक लामो यात्रा भएको बताएका छन् । यसका साथै उनले आफ्ना शुभचिन्तकहरूको कामना र प्रार्थनाको लागि धन्यवाद व्यक्त गरेका छन् । क्यान्सरसँग लडिरहेका सबैलाई आशा र विश्वास राख्न पनि सुझाएका छन् ।

 

आयानको जन्म सन् २०१० मा भएको हो । इमरान र उनकी श्रीमती शाहनीको तर्फबाट आयान पहिलो सन्तान हुन् । आयन चार वर्षको हुँदा उनलाई क्यान्सर भएको थियो । त्यतिबेला आयानलाई पहिलो स्टेजको क्यान्सर थियो ।

 

त्यसपछि इमरानले अन्य क्यान्सर पीडितलाई जागरूक बनाउनका लागि आफ्नो कथा सेयर गर्ने उद्देश्यले ‘द किस अफ लाइफः हाउ अ सुपरहिरो एन्ड माइ सन डिफेक्टेड क्यान्सर’ भन्ने किताब लखे । यस किताबमा उनले आयानको जन्म, उनलाई क्यान्सर भएपछिको समय र उपचारको बारेमा बताएका छन् ।

क्यान्सर इमरान हासमी

विशेष