एश्वर्या भनेपछि ‘थुुरुरु’ हुन्छन् अभिषेक

एजेन्सी । चर्चित भारतीय शो ‘कफी विथ करण’ को आगमी एपिसोडमा बलिउड अभिनेता अभिषेक वच्चन र उनकी बहिनी स्वेता वच्चन देखिनेछन् । सार्वजनिक भएको टिजरमा स्वेताले अभिषेक एश्वर्र्यासँग निकैै डराउने गरेको बताएकी छन् ।
शोको र्यापिड फायर राउण्डमा अभिषेकलाई करणले कोसँग धेरै डर लाग्छ भन्ने प्रश्न सोधे । ‘आमा या श्रीमती ?’ भन्ने करणको प्रश्नको जवाफमा अभिषेकले आमासँग भने । तर, सँगै रहेकी स्वेताले उनको जवाफको प्रतिकार गरिन् । अभिषेक आफ्नी आमा नभएर श्रीमती एश्वर्यासँग बढी डराउने गरेको स्वेताले खुुलासा गरिन् ।