स्वास्थ्य

अबको दश वर्षमा अल्जाइमरको ‘इन्जेक्सन’मा सहजता

अबको दश वर्षमा अल्जाइमरको ‘इन्जेक्सन’मा सहजता

एजेन्सी । विज्ञहरूले अबको दश वर्षमा अल्जाइमार ठीक पार्ने ‘इन्जेक्सन’ उपलब्ध हुने अनुमान गरेका छन् । बिर्सने रोग अल्जाइमरको उपचारमा वैज्ञानिहरूलाई पछिल्लो सफलता मिलेसँग यो रोगको औषधि उपलब्धतामा सहजता हुने अपेक्षा गरिएको छ ।

 

वैज्ञानिकहरूले माथिल्लो चरणमा पगेर रहेर उपचार अनुसन्धान गरिरहेका बताएका छन् । एक दशकसम्म गरिएको अनुसन्धानले फेल खाएपछि विज्ञहरूले यो नयाँ विधिमा अनुससन्धान गरेका हुन् । दशकौंसम्म मानव मष्तिष्कमा विकास हुने प्रोटिनलाई नष्ट गर्नेमा तत्वमाथि अनुसन्धान भइरहेको थियो । तर यी सबै अध्ययन काम लागेनन् ।

 

स्रोतले जनाए अनुसार नयाँ विधि अनुसार विकास गरिएको औषधिले अल्जाइमरको विकास गर्ने जिनलाई ‘म्यूट’ गरिदिन्छ । जसले गर्दा रोग विकास हुन पाउँदैन् । यस्तै प्रकारको उपचार विधि बच्चाहरूको स्पाइनलको समस्यामा पनि अपनाइएको थियो । जसको परिणाम उल्लेखनीय पाइएको अन्तर्राष्ट्रिय सञ्जार माध्यमहरूले जनाएका छन्।

 

अहिले वैज्ञानिकहरूले अल्जाइमर विकास गर्ने दुई दर्जनभन्दा पनि बढी जिन पत्ता लगाइसकेका छन् । यो रोग १४ जनामा एकजनालाई ६५ वर्षको उमेरमा हुन सक्छ भने ६ जनामा एक जनालाई ८० वर्षको उमेरमा हुन सक्ने अनुसन्धानले देखाएको छ । 

 

विश्व्यापी रूपमा करिब ५७ लाख व्यक्ति अल्जाइमर पीडित छन् । त्यसमा पनि अधिकांश संख्यामा अमिरिकी नागरिक छन् ।

अल्जाइमर

विशेष