व्यवसायीक युवाहरुको सक्रियतामा बानेश्वरमा तामाकोशी रेष्टुरेन्ट
काठमाडौं । विभिन्न क्षेत्रमा काम गर्दै आएका व्यवसायीक युवाहरुको सक्रियतामा नयाँ बानेश्वरमा तामाकोशी रेष्टुरेन्ट एण्ड कफी सप खुलेको छ । ‘तामाकोशी ग्रुप अफ कम्पनी’ का शेयर होल्डरहरु नयाँ व्यवसायीक क्षेत्रका रुपमा पहिलो पटक होटल व्यवसायमा प्रवेश गरेका हुन् ।
शिक्षा, स्वास्थ्य र मिडिया जस्ता क्षेत्रमा काम गरिसकेको यो समूहले नयाँ कार्यक्षेत्रको रुपमा होटल क्षेत्रलाई रोजको हो ।
होटल क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउँदै नयाँ प्रस्तुति दिन आफुहरु नयाँ कार्य योजनासहित होटल लाइनमा प्रवेश गरेको तामाकोशी ग्रुप अफ कम्पनीका अध्यक्ष इन्द्रप्रसाद दाहालले बताए ।
‘होटलमा नयाँ गरि सेवा प्रदान गर्न हामी यो क्षेत्रमा आएका हौं ।’ उनले भने, ‘हामी हाम्रा ग्राहकहरुलाई अर्गानिक टेष्ट दिने प्रयास गर्छौ । तामाकोशीले जुम्लाको अर्गानिक मार्सी चामलको भात खुवाउने छ भने, मकैको ढेडो र कालिजको परिकार समेत चखाउने छ ।’
यसका अलबा रेष्टुरेन्टले खाना, खाजा, तथा विविध परिकारहरु अडर अनुसार होम डेलिभरी समेत गर्ने गर्छ । रेष्टुरेन्ट वरपरदेखि ५ किलोमिटरसम्म डेलिभरी सेवा दिने तामाकोशी ग्रुुपका संचालक समितिका सचिव विष्णु पोखरले जानकारी दिए ।
अडरको मिनु र दुरी हेरी डेलिभरीमा न्युनतम सर्भिस चार्ज लिने रेष्टुरेन्टले बताएको छ ।
विशेषगरी रेष्टुरेन्टले स्कुलका स–साना बालबालिकाहरुलाई मध्य नजर गर्दै टिफिन खाजाको प्रवन्ध गर्ने सचिब पोखरेल बताए ।
त्यस्ता खाना खाजामा मानव स्वास्थ्य प्रतिकुल हुने टेष्टिङ् पाउडर लगाएत अन्य हानिकारक तत्वहरु कमै प्रयोग गरिने र संभव भएसम्म अर्गानिक परिकार मात्र खुवाउने उनले बताए ।
यसका साथै रेष्टुरेन्टमा बेकरी आइटमहरु समेत उपलब्ध हुने पोखरले जानकारी दिए ।
रेष्टुरेन्ट विहानको ७ बजेदेखि बेलुका ९ बजेसम्म खुल्छ ।
हाल रेष्टुरेन्टमा ३ सेफ कुकसहित ८ जना कामदारलाई रोजगारी प्रदान गरिएको छ । रेष्टुरेन्ट पूर्णतः बालश्रम रहित रहेको सचिव पोखरेलले बताएका छन् । स्टाफ पारिश्रमिक पनि सरकारले तोके बमोजिम प्रदान गरिएको जानकारी दिए ।
आवश्यकता र सफलतासँगै होटल व्यवसायलाई अझ अन्य क्षेत्रमा समेत विस्तार गर्दै जाने संचालक समूहले बताएको छ ।
तामाकोशी ग्रुप अफ कम्पनी विगत ५ वर्ष देखि विभिन्न क्षेत्रमा रहेर संक्रियरुपमा काम गर्दै आइरहेको छ । यसमा शैक्षिक, सामाजिक, राजनीतिक र स्वास्थ्य क्षेत्रमा काम गरिरहेका र आईटीमा समेत दख्खल राख्ने व्यक्तित्वहरुको संलग्नता रहेको छ ।
कम्पनीको अध्यक्षमा इन्द्रप्रसाद दहाल रहेका छन् भने, उपाध्यक्ष दिपक कार्की, सचिव विष्णु पोखरेल र कोषाअध्यक्षमा भविन्द्र दहाल रहेका छन् ।