खेल

अन्तिम एक दिवसीयः भारत र अष्ट्रेलिया खेल्दै

अन्तिम एक दिवसीयः भारत र अष्ट्रेलिया खेल्दै

काठमाडौं । भारत र अष्ट्रेलियाबीच भइरहेको तीन एक दिवसीय सिरिजको अन्तिम खेलमा भारतले टस जितेर बलिङ रोजेको छ । सिरीजको अन्तिम खेल मेलबर्न स्टेडियममा हुँदैछ । भारतले जारी सिरीजमा पहिलो पटक टस जितेको हो । 


आज अष्ट्रेलियाको टोलीमा दुई खेलाडी परिर्वतन गरिएको छ । अन्तिम खेलमा उसले नाथन लायन र जेसन बेहरेनड्रफलाई विश्राम दिएको हो । यी दुई खेलाडीको स्थानमा बिली स्टेनलेक र एडम जम्पाले मौका पाएका छन् ।  

 

यस्तै, भारतले सिरीजको अन्तिम खेलमा ३ खेलाडी परिर्वतन गरेको छ । उसले  मोहम्मद सिराजको ठाउँमा विजय शंकर, कुलदीप यादवको स्थानमा युजवेन्द्र चहल र अम्बाती रायडूको ठाउँमा केदार जाधवले मौका पाए ।

 

सिरीज अन्तर्गत दुवै टोलीले एकएक खेल जितेका छन् । यदि आज भारतले अन्तिम जितेमा अष्ट्रेलिया घरेलु मैदानमा लगातार तेस्रो सिरीज हार्नेछ । यसअघि उसले ‘होम ग्राउण्ड’ मै इग्ल्याण्डसँग ४-१ र दक्षिण अफ्रिकासँग २- १ ले सिरीज हारेको थियो । 

भारत र अष्ट्रेलिया एक दिवसीय सिरिज

विशेष